
काठमडौं, २१ असार । साताको दोश्रो दिन सोमबार शेयर बजार ओरालो लागेको छ । लगानीकर्ताहरु यतिबेला कर बुझाउन हतार, बैंकको किस्ता र ब्याजको तनाबमा हुनुको कारणले शेयर बजारमा त्यसको प्रभाव परेको आकलन गरिएको छ । उनीहरुले लगानीलाई कर, किस्ता तथा ब्याजको जोहो गर्नतिर केन्द्रीत गरेपछि सूचकहरु तथा करोकारमा कमि देखिएको छ ।
नेप्से परिसूचक ११.७८ अंकले घटेरको छ । यसरी घटेको नेप्से २८२२.७३ विन्दुमा पुगेको छ । नेप्से ०.४२ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ०.०४ अंकले घटेर ५३८.४१ विन्दुमा पुगेको छ ।
कूल २२४ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ६३ हजार ६३६ कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये बैंकिङ, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, माइक्रोफाइनान्स र जीवन बीमा उपसमूहमा रातो लागेको छ । उनीहरु सबैको शेयर घटेको छ ।
व्यापार, उत्पादन, अन्य, म्युचुअल फण्ड र लगानी उपसमूहमा हरियाली छाएको छ । सबैको शेयर बढेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिस्टिलरी लिमिटेडको ४१ करोड २० लाख ८९ हजार ७३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




