साउन १ गतेदेखि नेपालमा अवैध मोबाइल नचल्ने

-



     सफल आवाज    
     असार २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ असार । साउन १ गतेदेखि अवैध रुपमा भित्रिएका फोन नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण यसका लागि कडाईकासाथ नियमनमा लागेको छ ।

प्राधिकरणले आपराधिक गतिविधिहरुको नियन्त्रण तथा राजश्व छलि गरेर नेपाल ल्याईएका मोबाइलहरुको नियन्त्रणका लागि कडाईको व्यवस्था गरेको हो ।

ग्राहकले विदेशबाट खरिद गरेर ल्याएका फोनहरुलाई प्राधिकरणको अनलाइन सिस्टममा दर्ता गरेपछि मात्रै चलाउन सकिने भएको छ । अहिले सञ्चालनमा रहेका मोबाईलमा भने यो लागू नहुने भएको छ ।

नेपालमा खरिद गरेका मोबाईलहरु बिक्रेताहरुले नै दर्ता गरेर ल्याउने र प्राधिकरणमा सबै हुलिया पुग्ने भएकोले दर्ता गर्नु पर्दैन । विदेशबाट खरिद गरेर ल्याएका वा उपहारमा प्राप्त भएका फोनहरुको हकमा भने अनिवार्य यो व्यवस्था लागू हुने भएकाे छ ।