परिसूचक र कारोबार रकम खुम्चिदै, लयमा कहिले फर्किएला ?

-



     सफल आवाज    
     असार २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ असार । शेयर बजार निरन्तर ओरालो लागेको छ । अधिकांश सूचकहरुसंगै कारोबार पनि घटेको छ । यो समयमा लगानीकर्ताहरु कर, बैंकको किस्ता तथा ब्याजको जोहोमा लागेकोले शेयर बजार कहिले लयमा फर्किने हो पखाईको विषय भएको छ ।

साताको तेश्रो दिन मंगलबार नेप्से परिसूचक ५.२४ अंकले घटेर २८१८.१० विन्दुमा पुगेको छ । नेप्से ०.१९ प्रतिशतले घट्दा हुँदा सेन्सेटिभ इण्डेक्स १.९७ अंकले घटेर ५२६.७५ विन्दुमा पुगेको छ ।

कुल २२० कम्पनीको शेयर कारोबार भएको छ । १ करोड १३ लाख ५ हजार २०९ कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब २२ करोड ४० लाख १८ हजार २५५ रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार अघिल्लो दिनको भन्दा ३८ करोडले कम हो ।

सोमबार नेप्से परिसूचक ११।७८ अंकले घटेर २८२२।७३ विन्दुमा पुगेको थियो । नेप्से ०.४२ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ०.०४ अंकले घटेर ५३८.४१ विन्दुमा पुगेको थियो । कूल २२४ कम्पनीको शेयर कारोबार भएको थियो । १ करोड ६३ हजार ६३६ कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५७९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ५ कम्पनीमा मात्रै हरियाली छाएको छ । बैंकिङ, नीर्जिवन बीमा, उत्पादन, माइक्रोफाइनान्स र जीवन बीमा उपसमूहको शेयर बढेको छ ।

यस्तै व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, अन्य, म्युचुअल फण्ड र लगानी उपसमूह राताम्मै भएका छन् । सबैको शेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन डिस्टिलरी लिमिटेडको ३५ करोड ८७ लाख ३९ हजार ३०१ रुपैयाँ बराबरको कारोबार भएको छ ।