
काठमाडौं, २३ असार । माछापुच्छ्रे बैंकले असार ३१ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्रीमा ल्याउने तयारी गरेको छ । बैंकले ८.५० प्रतिशत ब्याजदरमा ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र १० वर्षे अवधिको लागि खुला गर्न लागेको हो ।
बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्यको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि रहेको छ । यसबाट सामुहिक लगानी कोषका लागि ६० हजार कित्ता छुट्याईएको छ । बाँकी रहेको १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत किसिमले बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने भएको छ ।
लागनीकर्ताले ऋणपत्रमा लगानीका लागि साउन ४ गतेसम्म आवेदन दिने म्याद रहेको छ । सो अवधिसम्म माग बमोजिमको आवदेन नपरेको खण्डमा साउन १७ गतेसम्म आवेदन दिन पाईने भएको छ । यसका लागि लगानीकर्ताले घटिमा २५ कित्ता तथा बढीमा ५ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन् ।
माछापुच्छ्रे बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । आवेदन दिन चाहने लगानीकर्ताहरुले सि-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयहरुबाट आवेदन बुझाउन सक्नेछन् ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




