मैलुङ खोला जलविद्युतले पायो आइपीओ निष्काशनको अनुमति

-



     सफल आवाज    
     असार २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ असार । मैलुङ खोला जलविद्युत कम्पनीले आइपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनका लागि अनुमति दिएको हो ।

बोर्डबाट अनुमति पाएपछि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७ करोड ३६ लाख अठ्ठाईस हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनको लागि तयारी शुरु गरेको छ ।

कम्पनीले यसअघि पहिलो चरणमा स्थानियका लागि १० प्रतिशत शेयर बिक्री गरेको थियो । बाँकी २० प्रतिशत सर्वसाधारणका लागि रहेको छ ।

६ मेगावाटको मैलुङ खोला जलविद्युत आयोजना रसुवाको डाँडागाउँमा रहेको छ । आइपीओ निष्काशन तथा बिक्री पबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।