सुनको मूल्यमा सामान्य बृद्धि, चाँदीको घट्यो

-



     सफल आवाज    
     असार २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ असार । साताको छैटौं दिन शुक्रबार सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । चाँदीको मूल्य घटेको छ । छापावाला सुनमा १०० रुपैयाँ बृद्धि भएको छ चाँदीमा ५ रुपैयाँ घटेको छ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ १०० ले बृद्धि भएर प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले गिरावट भई प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।