
पोखरा, २५ असार । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले गण्डकी प्रदेशअन्तर्गतको प्रदेश विपद व्यवस्थापन कोषमा झण्डै १ लाख रुपैयाँ सहयोग गरेको छ । संस्थाका अध्यक्ष रमेशकुमार कर्माचार्यले शुक्रबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ९८ हजार ६ सय ८२ रुपैयाँ बरावरको चेक हस्तान्तरण गरेका हुन् ।
विपदबाट सर्वसाधारणको जीउज्यान र सार्वजनिक निजी तथा व्यक्तिगत सम्पत्ति प्रकृतिक एवम् साँस्कृतिक सम्पदा र भौतिक संरचना संरक्षण गर्न विपद जोखिम न्युनिकरण गर्नका लागि गण्डकी सरकारले प्रदेश विपद् व्यवस्थापन कोष संचालनमा ल्याएको छ ।
सो अवसरमा मुख्यमन्त्री पोखरेलले यस विषम परिस्थितिमा वित्तीय संस्थाले समयसापेक्ष उपयुक्त ठाउँमा आर्थिक सहयोग गरेको बताए ।
संस्थाका अध्यक्ष कर्माचार्यले वित्तीय संस्थाले छोटो अवधिमा देशका करिव २२ हजार महिला दिदीबहिनीहरुलाई प्रत्यक्ष रुपमा वित्तीय सेवा प्रदान गरेको तथा १ सय जना भन्दा बढी युवाहरुलाई प्रत्यक्ष रोजगार प्रदान गर्न सफल भएको बताए ।
संस्थाका नि.प्रमुख कार्यकारी अधिकत नयन देवकोटाले वित्तीय संस्थाले देशका विभिन्न पहाडी १० जिल्लाका २६ वटा शाखा कार्यालयहरुबाट प्रत्यक्ष रुपमा लघुवित्त सेवा प्रदान गरिरहेको जानकारी दिए । संस्थाको आर्थिक वर्ष २०७६/०७७ को खुद मुनाफाको एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था भए अनुसार उक्त रकम गण्डकी प्रदेश सरकारअन्तर्गत प्रदेश विपद व्यवस्थापन कोषमा जम्मा गरि विपद व्यवस्थापनमा वित्तीय संस्थाको तर्फबाट सहयोग गरिएको बताए ।
कार्यक्रममा वित्तीय संस्थाको सञ्चालक विवेक श्रेष्ठ सि.ए, विनिता कोइराला पि.एच.डी, सागर लामिछाने, गंगाप्रसाद तामाङ, कम्पनी सचिव दीपक पराजुली, विभागीय प्रमुख पवित्रा कोइराला लगायतको उपस्थिति थियो ।
नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा–१८, विन्ध्यवासिनी छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




