युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा दुई दिनमै पर्यो करिब १२ लाख आवेदन

-



     सफल आवाज    
     असार २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ असार । युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा करिब १२ लाख लगानीकर्ताले आवेदन दिएका छन् । शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले शुक्रबार कार्यालय समयसम्म ११ लाख ७० हजार ९१२ जना लगानीकर्ताले १ करोड ९६ लाख १ हजार ९३० कित्ता शेयरका लागि आवेदन पेश गरेका बताएकाे छ ।

आइपीओमा आवेदन दिने म्याद असार २८ गतेसम्म रहेको छ । सो म्यादभित्र माग बमोजिमको आवेदन नपरेको खण्डमा ढीलोमा साउन ७ गतेसम्म आवेदन दिने समय रहेको छ । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यले घटिमा १० कित्तादेखि बढीमा ३२ हजार २५० कित्ताका लागि आवेदन दिन सकिने भएको छ ।

कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँ बराबरको ३० प्रतिशतले हुने ६४ करोड ५० लाख कित्ता आइपीओ निष्काशन गरेको हो । जसमध्ये ३ लाख २२ हजार ५०० कित्ता शेयर कर्मचारीको लागि रहेको छ । यस्तै सामुहिक लगानी कोषका लागि ३ लाख २२ हजार ५०० कित्ता शेयर छुट्याईएको छ । बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि जारी गिरएकाे हाे ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सि-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो शेयर एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।