डा.राजन शर्माको अध्यक्षतामा चिकित्सक संघ गण्डकीको नयाँ समिति निर्विरोध

-



     सफल आवाज    
     असार २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ असार । नेपाल चिकित्सक संघ गण्डकीको २०७८-२०८१ को कार्यकारीणि समितिको सम्पन्न निर्वाचनबाट डा.राजन शर्माकाे अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन गरिएको छ ।

नवनिर्वाचित नेपाल चिकित्सक संघ, गण्डकीको कार्यकारीणि समितिको अध्यक्षमा डा.राजन शर्मा, वरिष्ठ उपाध्यक्षमा डा.सुनिल पनेरु, उपाध्यक्षमा डा.कृष्णचन्द्र रिजाल, सचिवमा डा.सुशिल तिमिल्सिना, कोषाध्यक्षमा डा.ईश्वर शर्मा कँडेल, सह-सचिवमा डा.नवराज लमडारी, सह-कोषाध्यक्षमा डा.चिरायू नारायण भारी रहेका छन् ।

सदस्यहरुमा डा.जयन्तराज वन्त, डा.विष्णु ज्वारचन, डा.पुजन शर्मा, डा.नुवादत्त सुवेदी, डा.अर्जुन भट्टराई र डा.विष्णु भण्डारी चयन भएका प्रमुख निर्वाचन अधिकृत डा.माधव बाबु तिवारीले जानकारी दिएका छन् ।

निर्वाचन मण्डलले नवनिर्वाचित चिकित्सकहरुको टोलीलाई वधाई दिदैं कार्यसफलताको शुभकामना व्यक्त गरेको छ । प्रमुख निर्वाचन अधिकृत डा.माधव बाबु तिवारीले जनताकाे स्वास्थ्य तथा पेशागत हकहितका लागि दत्तचित्त भएर टाेलीले काम गर्नेमा विश्वास व्यक्त गरे ।