
काठमाडौं, २७ असार । साताको पहिलो दिन आइतबार शेयर बजार सकारात्मक लय देखिएको छ । सूचकहरु र करोबार रकममा सान्तोना लिने ठाउँ बनेको छ । लगानीकर्ताहरु विकास बैंक तथा फाइनान्सतर्फ बढी आकर्षित भएका छन् ।
असारको आधाबाट बजारमा देखिएको असन्तुलन लगानीकर्ताहरुको कर, बैंक किस्ता तथा ब्याज भुक्तानीको लागि रकम जोहो गर्नुपरेकोले शेयर बजारको लय ट्रयाक बाहिर गएको थियो । असार सकिनै लाग्दा आईतबार शेयर बजारमा सर्वत्र छाएको हरियाली र कारोबारले लगानीकर्ताहरुमा उत्साह जागेको छ ।
नेप्से परिसूचक ७३.३३ अंकले बढेर २८९८.४३ विन्दुमा पुगेको छ । नेप्से २.६० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १३.५१ अंकले बढेर ५४३.१६ विन्दुमा पुगेको छ ।
कुल २२५ कम्पनीको शेयर कारोबार भएकोमा ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयरको कारोबारबाट ८ अर्ब ६१ करोड ३८ लाख २ हजार ४९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहहरु सबैमा हरियाली छाएको छ । बैंकिङ व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहहरु सबैको शेयर बढेको छ ।
फाइनान्सतर्फ लगानीकर्ताहरु झुम्मिएका छन् । यो उपसमूहको सूचक ८.३९ प्रतिशतले बढेको छ । यस्तै विकास बैंकतर्फ ८.२४ प्रतिशतले बढेको छ ।
सूचक बढेका भएपनि अरु उपसमूहको सामान्य किसिमले बढेको देखिन्छ । जीवन बीमातर्फ २.९४ प्रतिशत, माइक्रोफाइनान्स २.५४ प्रतिशत, २.५६ प्रतिशत निीर्जिवन बीमा, हाइड्रोपावर २.७९ र बैंकिङ उपसमूहको २.३२ प्रतिशतले बढेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी एनआईसी एशिया बैंकको कारोबार भएको छ । बैंकको ३९ करोड ९३ लाख ६० हजार ९५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




