
काठमाडौं, २८ असार । अघिल्लो दिन सकारात्मक लयमा देखिएकाे शेयर बजारमा एक दिनपछि सोमबार पहिरो गएको छ । सूचकांकहरु धेरै घटेका छन् भने कारोबार सन्तोषजनक रहेको छ । लगानीकर्ताहरुले असार २८ गतेको दिनलाई पर्खिरहेका थिए । सर्वोच्च अदालतको कस्तो निर्णय आउला भनेर लगानीकर्ताहरुमा ढुकचुक भईरहेको थियो ।
सर्वोच्च अदालतले संसद बिघटनको मुद्धालाई बदर गरिदिएको छ । यसैकाे प्रभाव पनि शेयर बजारमा परेकाे आकलन गरिएकाे छ । बजार आरम्भ भएपछिको केहि समय सकारात्मक देखिएपनि बजार बन्द हुँदासम्मको समयसम्म आउँदा म्युचुअल फण्ड बाहेक सबै १२ वटै उपसमूहहरु राताम्मै भएका छन् । सबैको शेयर घटेको छ ।
नेप्से परिसूचक ४५.०६ अंकले घटेर २८५४.७६ विन्दुमा पुगेको छ । नेप्से १.५५ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ८.६२ अंकले घटेर ५३४.८१ विन्दुमा पुगेको छ ।
कुल २२९ कम्पनीको शेयर कारोबार भएको छ । २ करोड ६० लाख २१ हजार १०४ कित्ता शेयरको खरिदबिक्रीबाट ९ अर्ब ९८ करोड २६ हजार ५२७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहहरूमध्ये म्युचुअल फण्डको मात्रै शेयर बढेको छ । जो ज्यादै न्युन ०.१६ प्रतिशत रहेको छ । बाँकी १२ वटै उपसमूहहरूकाे शेयर घटेकाे छ ।
बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, निर्जीवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र लगानी उपसमूह राताम्मै भएका छन् । सबैको शेयर घटेको छ ।
करोबारको आधारमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी कारोबार भएको छ । संस्थाको ४७ करोड २६ लाख ५२ हजार ९५२ रुपैयाँ बराबरको कारोबार भएको छ ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




