प्रुडेन्सियल इन्स्योरेन्सले संस्थापक र सर्वसाधारण शेयर स्वामित्व परिमार्जन गर्दै

-



     सफल आवाज    
     असार ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० असार । प्रुडेन्सियल इन्स्योरेन्सले संस्थापक तथा सर्वसाधारणहरुको शेयर स्वामित्व परिमार्जन गर्ने बताएको छ ।

कम्पनीले आज सूचना जारी गरेर शेयर स्वामित्व परिवर्तन गर्दाखेरि बाँकी हुने संस्थापक समूहतर्फको शेयर सर्वसाधारणमा परिणत हुने जानकारी दिएको छ । ६०ः४० प्रतिशत रहेको संस्थापक तथा सर्वसाधारणको शेयर स्वामित्वलाई परिमार्ज गर्दै कम्पनीले ५१ः४९ प्रतिशत कायम गर्ने भएको हो ।

शेयर परिमार्जन भएपछि संस्थापक समूहको ५१ प्रतिशत हुने भएको छ । सर्वसाधारण समूहतर्फ ४९ प्रतिशत हुनेछ ।

कम्पनीको १९ औं साधारण सभामा संस्थापक तथा सर्वसाधारणको शेयर स्वामित्व ६०ः४० बाट ५१ः४९ प्रतिशत मा ल्याउने विशेष प्रस्तावलाई पारित गरिएको थियो । पारित प्रस्तावलाई बीमा समितिले स्वीकृति दिएपछि शेयर परिमार्जनको प्रक्रिया शुरु गरिएको हो ।

कम्पनीका अनुसार सर्वसाधारण शेयरमा परिणत गर्न नचाहने शेयरधनीहरुले सात दिनभित्र लिखित रुपमा जानकारी दिनुपर्ने छ ।