माछापुच्छ्रे बैंकको ३ अर्बको ऋणपत्रमा आजदेखि आवेदन खुल्ला

-



     सफल आवाज    
     असार ३१ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३१ असार । माछापुच्छ्रे बैंकले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्रीका लागि खुल्ला गरेको छ । बैंकले ८.५० प्रतिशत ब्याजदरमा ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र १० वर्षे अवधिको लागि खुल्ला गरेकाे हो ।

बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्यको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि रहेको छ । यसबाट सामुहिक लगानी कोषका लागि ६० हजार कित्ता छुट्याईएको छ । बाँकी रहेको १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत किसिमले बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने भएको छ ।

लागनीकर्ताले ऋणपत्रमा लगानीका लागि साउन ४ गतेसम्म आवेदन दिने म्याद रहेको छ । सो अवधिसम्म माग बमोजिमको आवदेन नपरेको खण्डमा साउन १७ गतेसम्म आवेदन दिन पाईने भएकाे छ । यसका लागि लगानीकर्ताले घटिमा २५ कित्ता तथा बढीमा ५ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन् ।

माछापुच्छ्रे बैंकको उक्ता ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । आवेदन दिन चाहने लगानीकर्ताहरुले सिआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयहरुबाट आवेदन बुझाउन सक्नेछन् ।