आँधिखोला लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज

-



     सफल आवाज    
     असार ३१ गते २०७८ मा प्रकाशित



स्याङ्जा, ३१ असार । आँधिखोला लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा आज आयोजना गरिएको छ ।

स्याङ्जा वालिङमा बोलााईएको सधारण सभामा कुनै लघुवित्त वित्तीय संस्थासंग मर्जर वा एक्विजिसनमा जाने भए त्यसको सबै अख्तियारी संचालक समितिलाई दिने एजेण्डा पेश हुँदैछ ।

सभामा आर्थिक वर्ष २०७६, २०७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिने भएको छ । यस्तै नाफा नोक्सान, वित्तीय विवरण, लेखापरिक्षकको नियुक्ति र उनको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव गरेका छन् ।

साधारण सभामा सर्वसाधारणबाट २ जना संचालक चयन गर्ने तथा प्रबन्धपत्र, नियमावली संशोधनकोलागि संचालक समितिले तोकेको व्यक्तिलाई अधिकार दिने लगायतका विषयमा छलफल गरि पारित गरिने भएको छ ।

संस्थाले साधारण सभाको प्रयोजनार्थ असार १५ गतेदेखि आजसम्म बुक क्लोज गरेको थियो । धौलागिरी लघुवित्त वित्तीय संस्थासंग मर्जरको क्रममा रहेको आँधिखोला लघुवित्तको २०७६ पौषदेखि शेयर कारोबार रोकिएको छ ।

साधारण सभा पूर्वान्ह साढे ११ वजे होटल गाउँवेशी वालिङमा बोलाईएको छ ।