लक्ष्मी बैंकको ऋणपत्रकाे आवेदन म्याद साउन ११ सम्म थपियो

-



     सफल आवाज    
     असार ३१ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३१ असार । लक्ष्मी बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद साउनको ११ गतेसम्म थपिएको छ । कम्पनीले असार २८ गतेदेखि वार्षिक ‘८.५० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्काशन तथा बिक्रीका लागि खुल्ला गरेको हो ।

बैंकका अनुसार प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरिएको हो । त्यसमध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि रहेको छ । बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत किसिमले विक्री गरिने भएको छ ।

ऋणपत्रमा लगानी गर्न चाहने लगानीकर्ताले कम्तिमा २५ तथा बढीमा १ लाख कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन् । लगानी गर्न चाहने लगानीकर्ताले सि-आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयबाट आवदेन लिन सक्नेछन् ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट तोकिएको छ ।