
काठमाडौं, ३१ असार । नेपाल राष्ट्र बैंकले यस अर्थिक वर्षको ११ महिनामा ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ रेमिट्यान्स नेपालमा आएको बताएको छ ।
बैंकले आज सार्वजनिक गरेको बिवरणमा देशको आर्थिक वित्तीय अवस्थामा विप्रेषण अर्थात रेमिट्यान्स आप्रवाह १२.६ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो वर्ष सोहि अवधीमा रेमिट्यान्स ३.२ प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले बढेर ७ अर्ब ३९ करोड पुगेको जनाईएको छ । गएको वर्षको विवरणलाई हेर्ने हो भने यो ५.२ प्रतिशतले घटेको थियो ।
विदेशबाट देशमा विप्रेषण बढेर भित्रिएको भएपनि विदेश जानेहरुको संख्यामा भने कटौती भएको देखिएको छ । जेठ महिनासम्मको विवरणलाई हेर्दा वैदेशिक रोजगारीका लागि अन्तिम स्वीकृति लिएका नेपालीको संख्या ५९.९ प्रतिशतले घटेकोे छ ।
गएको वर्ष सोहि अवधिमा १२.४ प्रतिशतले घटेको थियो । यस्तै पुनः श्रम स्वीकृति लिनेहरुको संख्या पनि घटेको छ । यो संख्या ४७.१ प्रतिशत रहेको छ । गएको वर्ष यो संख्या ३१.१ प्रतिशत थियो ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




