
पोखरा नदीपुरस्थित कन्या क्याम्पसमा खोपका लागि पुगेका बैंकर लगायत।
पोखरा, २ साउन । पहुँचवालाले आफ्नालार्ई कोरोनाविरुद्धको खोप लगाएका कारण पोखरामा लक्षित वर्गहरु खोप लगाउनबाट वञ्चित भएका छन् ।
पोखरा महानगरपालिकाले सुरु गरेको खोप अभियानमा महानगरका स्वास्थ्य महाशाखादेखि वडा अध्यक्षहरुले समेत आफन्त, नातेदार, आसेपासेलाई खोप लगाइदिएपछि खोपका लागि दिनभर लाइन बसेका निम्न तथा पहुँच हुन नसकेकाहरु रित्तो हात घर फर्केका हुन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गाैतमले खोपकेन्द्रको ३ वटा टोली बनाएर अनुगमन गरेको दाबी गरे । उनले भने, अनुगमनका क्रममा घूसपैठ भएका छन् । सबै लक्षित वर्गले नलगाएका भन्ने होइन, केही छुटेका मात्र हुन् । अब व्यवस्थित गर्न छुट्टाछुट्टै समूह बनाउँछौं ।’
उनका अनुसार पोखरामा ४४ हजार खोप आइसकेको छ । तर पोखरा महानगरले भने हालसम्म ३६ हजार मात्र खोप लगाइएको दाबी गरेको छ । महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले हालसम्म पोखरामा ३६ हजार मात्र खोप लगाइएको बताएका हुन् ।
यति धेरै खोप लगाइसक्दा पनि लक्षित वर्ग पन्छाएर आफन्तहरुलाई खोप लगाउने र तोकिएको उमेर समूहका व्यक्तिलाई पाखा लगाउने काम भएको छ । जसका कारण केही खोप केन्द्रमा केही दिनदेखि विवाद हुनुका साथै झडपको अवस्था समेत सिर्जना हुन पुगेको थियो ।
यत्तिकैमा शनिबारका लागि विभिन्न पेसागत समूहका व्यक्तिलाई लक्षित गरी पूर्व सूचना जारी गरी खोप केन्द्र तोकिए पनि अन्तिममा खोप अभाव भएको भन्दै स्थगित गरिएको छ । खोप लगाउने आशामा अविरल वर्षाबीच मानिसहरु पोखरा ३, नदीपुरस्थित कन्या क्याम्पसमा पुगेका थिए । तर अन्तिम आएर स्थगन गरिएकाले उनीहरु खोप नलगाई फर्किन बाध्य भए । उनीहरुको लागि आगामी सातामात्र निर्णय हुने बताइएको छ ।
खोप कार्यक्रम शनिबारका लागि स्थगित भए पनि लक्षित वर्गका लागि पूर्व निर्धारित कार्यक्रम जारी रहने पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले जानकारी दिए । खोप वितरणमा अनियमितता भएको हो ? भन्ने प्रश्नमा उनले अनियमितता भएको स्वीकार गर्दै जनशक्ति अभावका कारण यस्तो भएको पनि बताए ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




