
काठमाडाैं, ३ श्रावण । सिभिल बैंक लिमिटेडेले सार्वजानिक निष्काशन गर्न लागेको ऋणपत्र प्रत्याभूतिकाे लागि चार संस्थासँग सम्झौता गरेकाे छ। बैंकले जारी गर्न लागेकाे रु.१,००० अंकित दरको ३० लाख कित्ता ऋणपत्रको प्रत्याभूति गर्नका लागि निष्काशनकर्ता सिभिल बैंक लिमिटेड तथा प्रत्याभूतिकर्ताहरु नागरिक लगानी कोष, प्रभु क्यापिटल लिमिटेड, ग्लोबल आइएमई क्यापिटल लिमिटेड र माछापुच्छ्रे कृती क्यापिटल लिमिटेड बिच सम्झौता भएको हाे ।
प्रचलित धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम आज सिभिल बैंक र यी चार संस्थाहरुकाे प्रतिनिधीहरूले प्रत्याभूति सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सिभिल बैंकले निष्काशन गर्ने “९% सिभिल बैंक ऋणपत्र २०८८” ऋणपत्रहरु सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्काशन अवधिमा माग भए बमोजिम बिक्री हुन नसकेमा बाँकी रहेको ऋणपत्र खरिद गर्ने दायित्व चारवटै प्रत्याभूतिकर्ताहरुले लिन मञ्जुर गरेका छन् ।
यस क्रममा प्रत्याभूतिकर्ताहरु नागरिक लगानी कोषले रु २ अर्व, प्रभु क्यापिटल लिमिटेडले रु ३५ करोड, ग्लोबल आइएमई क्यापिटल लिमिटेडले रु ३० करोड र माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले रु ३५ करोड बरावरको ऋणपत्र पत्याभुति गर्ने सम्झौत गरेका हुन् ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




