बढ्यो सुनको भाउ, चाँदीमा सामान्य गिरावट, कति पुग्याे ताेलाकाे ?

-



     सफल आवाज    
     श्रावण ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ साउन । नयाँ आर्थिक वर्ष शुरु भएपछिको पहिलो दिनमा घटेर कारोबार भएको सुनको भाउ साताको दोश्रो दिन साेमबार २०० रुपैयाँ बढेको छ । चाँदीमा भने सामान्य ५ रुपैयाँले गिरावट भएको छ ।

साउनको महिना प्राकृतिक रुपमै हरियाली हुने महिना र चाडपर्वको कारण सिजनल व्यावसायीक कारोबारको महिना पनि हो । पहिरणमा पनि नेपाली चेलीहरू हरियै रूचाउने र चलन पनि यस्तै चलि आएकाे छ ।

यो पटक पाँचवटा साेमबार परेको साउन महिनामा हरेक सोमबार चेलीहरू ब्रत बस्ने, हरियो वस्त्रकासाथ हरियै पोतेमा सुनका रुची अनुसारका गरगहना लगाउने चलन रहेको छ । कानमा यार्लिङ, झुम्का, शिरवन्दिलगायत आफ्नो पहुँच रूची, गच्छेअनुसार गहना पहिरीने गर्छन् । यो समयमा व्यवसायीलाई सुन पुर्याउन हम्मेहम्मे पनि हुन्छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा आज २०० रुपैयाँ बढेर प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार छापावाला सुनमा ६०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रूपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा भने सामान्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको छ । आईतबार चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।