
काडमाडाैं, ४ साउन । नयाँ सरकार परिवर्तन र नयाँ आर्थिक वर्ष शुरु भएसंगै सकारात्मक लय पकडेको नेप्सेमा अझैं केहि सुधार आउने अपेक्षा गरिएको छ ।
सरकारमा सहभागि हुनेबित्तिकै अर्थमन्त्री जनार्दन शर्माले आफु शेयर बजारप्रति सकारात्मक भएको बताएका थिए । नयाँ सरकार आएपछि अब केहि समयका लागि राजनीतिक अस्थिरता टरेको छ भने लगानीकर्ताहरूले स्थिरता खाेजिरहेका छन् ।
उसो त राजनीतिक घटनाक्रमले शेयर बजारलाई प्रभावित तुल्याउने गरेको छ । अर्को कुरा कोरोनाको कहरको कारण जारि निषेधाज्ञाले पनि लगानीकर्ताहरुको मुड सपारेकाे छैन । लगानीको लागि एकमात्र तत्कालको विकल्प शेयर बजार भएकोले उनीहरु नयाँ वा पूराना सबैले देश तथा विदेशबाट लगानीका लागि अग्रसर भईरहेका छन् ।
नयाँ आर्थिक वर्ष साउनको शुरु साताको कारोबार भएको दोश्रो दिन सोमबार शेयर बजार सकारात्मक लयमा अगाडी बढेको छ । छिनछिनमा घट्ने र बढ्ने देखिनु स्वाभाविकै हो । आज पनि त्यसै भएको छ । तर के हुन्छ र के हुन्न भन्ने कुरा बजार बन्द भएपछिको नतिजाले प्रस्ट्याउँने गर्छ ।
यो समाचार तयार पार्दासम्म दिउँसो १.४५ बजेको समयमा नेप्सेमा दोहोरो अंको बृद्धि देखिएको छ । नेप्से १४.२८ अंकले बृद्धि भएर २९९४.८९ विन्दुमा पुगेको छ । नेप्से ०.४८ अंकले बढ्दा सेन्सेटिभ इण्डेक्स १.४६ अंकले बढेर ५६२.४१ विन्दुमा पुगेको छ ।
कुल २१७ कम्पनीको कारोबार भएको छ । २ करोड ८२ लाख बाईस हजार ७६५ कित्ता शेयरको कारोबारबाट ८ अर्ब ६६ करोड २९ लाख ५७ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।









काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




