असार मसान्तसम्म वाणिज्य बैंकहरूले गरे ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन

-



     सफल आवाज    
     श्रावण ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ साउन । नेपाल बैंकर्स एसोसिएसनले गत आर्थिक वर्षको असारको अन्त्यसम्म वाणिज्य बैंकहरुमा निक्षेप संकलन तथा कर्जा परिचालन आक्रामक देखिएको बताएको छ ।

एसोसिएसनले गत असारको २६ गतेदेखि अन्तिम दिन ३१ गतेसम्म वाणिज्य बैंकहरुले ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सक्षम भएको बताएको छ ।

असार मसान्तसम्म २७ वाणिज्य बैंकहरुले कुल ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको पाईएको छ । असारको तेश्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन ७३ अर्ब रहेको थियो । अन्तिम दुई हप्तामा मात्रै १ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकर्स एसोसिएसनले जनाएको छ ।

वाणिज्य बैंकहरुले असारको अन्तिम हप्तामा ४२ अर्ब कर्जा परिचालन गरेका छन् । योसहित गत आर्थिक वर्षको असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ३७ खर्ब २१ अर्ब भएको छ ।