
काठमाडौं, ५ साउन । लकडाउनका कारण स्थगित भएको मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा मंगलबारदेखि पुनः आवेदन दिन सकिने भएको छ।
कम्पनीले बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानियको लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ लकडाउनका कारण स्थगित भएको थियो।
कम्पनीले प्रतिशेयर १ सय अंकित मूल्यका ६० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो। निष्काशन गरिएको कुल शेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा १ र ५, बाह्रबिसे नगरपालिका वडा ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिनेछ। बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुले आवेदन दिन पाउनेछन्।
निष्काशन बन्द छिटोमा साउन १७ गते हुनेछ भने ढिलोमा साउन ३२ गते हुनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ ।
लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतमा ४ सय कित्ताका लागि आवेदन दिन सक्नेछन्।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




