
काठमाडौं, ५ साउन । केहि दिनदेखि सकारात्मक लयमा देखिएको नेप्सेमा मंगलबार भने करेक्सन भएको छ । सूचकहरुकासाथै कारोबार रकममा पनि गिरावट आएको छ ।
आईतबार ९७ अंकभन्दा माथि रहेको थियो । सोमबार १३.९७ अंकले बृद्धि भएको थियो । दुबै दिनको अंकलाई हेर्दा दुई दिनमा १११ अंकको बृद्धि भएकाे थियो । तर यसको तुलनामा आज फेरि बजार केहि सुस्ताए पनि आउँदा दिनको सकारात्मक पखाईमा रहनु पर्ने भएको छ ।
शेयर बजारमा छिनछिनमा स्वरुप फेरिएको पनि देखियो । सचूकहरु तलमाथि भईरहेका थिए । अन्ततः बजार बन्द हुँदाको समयसम्म आउँदा नेप्से परिसूचक ९.०१ अंकले घट्यो । यसरी घटेको नेप्से २९८५.५७ विन्दुमा पुगेर रोकियो । नेप्से ०.३० प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स २.८२ अंकले घटेर ५५८.११ विन्दुमा पुगेको छ ।
कुल २१९ कम्पनीको शेयर कारोबार भएको छ । तीन करोड १६ लाख ८ हजार १९३ कित्ता शेयरको खरिदबिक्रीबाट ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये बैंकिङ, विकास बैंक, फाइनान्स, नीर्जिवन बीमा, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र लगानी उपसमूहहरु राताम्मै भएका छन् । यस्तै व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर, उत्पादन र म्युचुअल फण्ड उपसमूहमा हरियो लागेको छ । उनीहरु सबैकाे शेयर बढेको छ ।
काराेबारकाे आधारमा अरूण काबेली पावर लिमिटेडकाे सबैभन्दा बढीकाे काराेबार भएकाे छ । कम्पनीकाे ३८ कराेड ७८ लाख २० हजार ९६८ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । यसपछि धेरै काराेबार गर्ने कम्पनीहरूमा क्रमशः अरूण भ्याली हाइड्राेपावर, नेपाल इन्स्याेरेन्स कम्पनी, एनआईसी एशिया बैंक, कृषि विकास बैंक, मञ्जुश्री फाइनान्स, नबिल बैंक, नेशनल हाइड्राेपावर, अपि पावर र नेपाल बैंक रहेका छन् ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




