
काठमाडौं, ६ साउन । नयाँ आर्थिक वर्ष शुरु भएसंगै र सरकार परिवर्तन भएपछि अर्थ बजार सकारात्मक लयमा चल्ने कुरामा सबै आशावादी भईरहेका छन् ।

यो समय चाडवाडको समय पनि हो । यो समयमा महान चेलीहरुको पर्व हरितालिका तीज लगायतका नेपालीका चाडवाडको लर्को नै रहेको छ ।
आदीकालबाटै चलेकाे चलन अनुसार हरित संस्कृति सबैको प्रिय संस्कार पनि हो । योसंगै हाम्रो खानपान, लवाई-खवाई, रहनसहन, चालचलन, सेवा, सहयोग, सहकार्य, मिलाप तथा उत्पादन लगायतका धेरै प्रसंग जोडिने गरेका छन् ।
यो समयमा गरगहनाको बजार पनि राम्रै चल्ने गर्छ जो व्यवसायीको आशा रहेको सिजन पनि हो । सुनचाँदीको व्यवसायीक सम्बन्ध अन्तराष्ट्रिय बजारसंग पनि जोडिएकोले त्यहाँ हुने आरोह अवरोहको असर नेपाली बजारमा पनि पर्दछ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । छापावाला सुनमा रुपैयाँ ७०० ले गिरावट आएको छ भने चाँदीमा रुपैयाँ २० ले घटेको छ ।
मंगलबार प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनमा बुधबार ७०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको मूल्यमा रुपैयाँ २० ले घटेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




