प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     श्रावण ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ साउन । प्रिमियर इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर लिलामीका लागि आवेदन दिने शुक्रबार अन्तिम दिन रहेको छ । कार्यालय समयसम्म कम्पनीको ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयरमा बोलपत्र पेश गर्न सकिने छ ।

प्रतिकित्ता शेयरको मूल्य न्युनतम ५५० रुपैयाँ रहेको छ । लगानीकर्ताहरुले यसैलाई आधार मानेर यसभन्दा बढी मूल्य राखि बोलपत्र पेश गर्न सक्नेछन् । घटीमा ५०० तथा बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिने भएको छ ।

लिलामी शेयरका लागि संस्थापक शेयरधनीहरु, व्यक्ति, कम्पनी र विभिन्न संघ संस्थाले बोलपत्र दिन सक्नेछन् ।

यसअघि संस्थापक शेयर लिलामी बिक्रीमा ल्याउँदा माग बमोजिमको आवेदन पेश नभएपछि पुनः बिक्रीका लागि ल्याईएको हो ।

शेयरको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । आवेदनकर्ताले बबरमहलस्थित एनआईसी एशिया क्यापिटलमा पुग्नेगरी शिलबन्दि बोलपत्र बुझाउनु पर्नेछ ।