सुनचाँदीको भाउमा सामान्य गिरावट, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     श्रावण १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० साउन । साताको पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीकाे भाउमा सामान्य गिरावट भएको छ । छापावाला सुनमा रुपैयाँँ १०० ले तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन रुपैयाँ १०० ले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।