वात्सल्यको निशुल्क टिभिएस जाँच र विशेष परामर्श योजना

-



     सफल आवाज    
     श्रावण १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० साउन । वात्सल्यले निःसन्तान दम्पतीको हितलाइ लक्षित गरी नयाँ योजना ल्याएको छ । ४० वर्ष माथिका महिलाका लागि वात्सल्यले निःशुल्क टिभिएस जाँच तथा निःशुल्क चिकित्सकिय परामर्शको योजना ल्याएको हो । यो योजना साउन मसान्ससम्म लागू हुने बताइएकाे छ ।

यसले आईयुआई र आईभीएफका साथै अन्य निःसन्तान उपचार विधिबारे जान्ने र बुझ्ने मौका प्रदान गर्ने वात्सल्यले विश्वास लिएको छ ।


४० वर्षमाथिका महिलाले धेरै वर्ष सन्तान प्राप्त गर्न नसक्दा हरेश खाइसकेका हुन्छन् । उचित निदान र उपचार गरे सन्तान प्राप्ति सम्भव भएकाले आधुनिक उपचारको सम्भावना पहिल्याउन मद्दत गर्न वात्सल्यले उनीहरुको लागि यो योजना ल्याएको जनाएको छ ।

निःसन्तान दम्पतीको मन जित्दै वात्सल्य

वात्सल्य आइभिएफले निःसन्तान दम्पतीका लागि नेपालमै अन्तर्राष्ट्रियस्तरको सेवासुविधा उपलब्ध गराउँदै आएको छ । आफ्नो सेवालाई थप गुणस्तरीय बनाउने क्रममा यसले स्पर्म डीएनए फ्राग्मेन्टेसन र हाइकोसी जस्ता नयाँ प्रविधि भित्रायो । तर आइभिएफ सफलता प्रविधिसँगै उपचारमा संलग्न विशेषज्ञ, दम्पतीको उच्च मनोबल, सकारात्मक सोच र विशेषज्ञको विशेष निगरानी जस्ता मनोवैज्ञानिक कारणले पनि प्रभावित हुन्छ । निःसन्तान विशेषज्ञको मिजासिलो व्यवहार, उचित परामर्श, आवश्यक चेकजाँचका लागि उपलब्धता आदिले पनि सफलतामा निकै ठूलो भूमिका खेल्ने गर्दछ । त्यसैले सेवाग्राहीलाई निजीकृत सेवा प्रदान गर्न वात्सल्यले निःसन्तान विशेषज्ञको संख्या वृद्धि गरेको छ ।

वात्सल्यमा आबद्ध दुई नयाँ विशेषज्ञमध्ये डा. सुमी मुनाकर्मी ५ वर्षदेखि यसै क्षेत्रमा कार्यरत छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमडीमा गोल्ड मेडलिष्ट हुन् ।

यस्तै, डा. नीजा राजभण्डारीले ३ वर्षको सेवामा आफ्नो कार्य दक्षताका कारण ‘सर्वोत्कृष्ट कर्मचारी’ को उपाधि समेत प्राप्त गरेकी छन् । उपचारमा उनीहरुको संलग्नताले सफलता दरमा थप टेवा पुग्ने विश्वास वात्सल्यले लिएको जनाएको छ ।