नेप्सेमा बन्यो नयाँ रेकर्ड, लगानीकर्ताहरुको आकर्षण बैंकमा

-



     सफल आवाज    
     श्रावण १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० साउन । साताको पहिलो दिन आईतबार शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । यसअघिको रेकर्डलाई तोड्दै नेप्से ३०५८.६३ विनदुमा पुगेको छ । यसअघि गएको जेठ ३१ मा ३०२५.८२ विन्दुमा पुगेर नयाँ रकर्ड कायम गरेको थियो ।

नेप्सेमा नयाँ रेकर्ड कायम भएसंगै कारोबार रकममा पनि उछाल आएको छ । कुनैबेला २० अर्ब नजिकको कारोबार भएको नेप्सेमा पछिल्लो समय घट्दै ४ अर्बसम्म आईपुगेको थियो ।

नयाँ आर्थिक वर्षको आरम्भ तथा नयाँ सरकार आएसंगै शेयर बजारमा सकारात्मक संकेतहरु देखिएपनि अझैं स्पष्ट लय पकडेको छैन ।

बैंकिङ उपसमूहमा सबैभन्दा बढी आकर्षण देखिएको छ । हाइड्रोपावर, माइक्रोफाइनान्स र उत्पादन उपसमूहमा क्रमिक रुपमा आकर्षण बढेको छ ।

नेप्से परिसूचक ५४.३१ अंकले बृद्धि भएर ३०५८.६३ विन्दुमा पुगेको छ । नेप्से १.८१ प्रतिशतदे बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ११.७४ अंकले बृद्धि भएर ५७४.०२ विन्दुमा पुगेको छ ।

कुल २२३ कम्पनीको शेयर कारोबार भएको छ । ४ करोड ४१ लाख १४ हजार ७६० कित्ता शेयरको खरिदबिक्री हुँदा १४ अर्ब ३० करोड २३ लाख ६५ हजार १४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये होटल तथा पर्यटन र उत्पादन उपसमूह बाहेक सबैमा हरियाली छाएको छ । बैंकिङ, व्यापार, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र लगानी उपमूहमा हरियाली छाएको हो । सबैको शेयर बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको ४९ करोड ५० लाख ४९ हजार ४८८ रुपैया बराबरको कारोबार भएको छ ।