बढ्यो राष्ट्रिय सहकारी बैंकको नाफा, अन्य सूचक कस्ता छन् ?

-



     सफल आवाज    
     श्रावण ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ साउन । राष्ट्रिय सहकारी बैंकले नाफामा बृद्धि भएको जनाएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले असारको अन्त्यसम्म १ अर्ब ६६ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिधल्लो वर्ष सोहि अविधकाे भन्दा ३२ लाख ३७ लाख रुपैयाँले बढी नाफा कमाएकाे देखिन्छ ।

बैंकले अघिल्लो आर्थिक वर्षमा ६८ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकका अनुसार खर्चमा गरिएको मितव्ययिता र सन्तुलनको कारण खुद व्याज आम्दानी र संचालन नाफामा बृद्धि भएको हो ।

बैंकको चुक्ता पूँजी २ अर्ब ८७ करोड ३२ लाख रहेको छ । जगेडा कोषमा १ अर्ब ५२ कराेड रहेको छ । बैंकले ३५ अर्ब २४ करोड रुपैयाँ कर्जा परिचालन गरेको देखिन्छ भने आर्थिक वर्ष २०७७, २०७८ सम्म ६६ अर्ब ३४ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गर्न सक्षम भएको पाईएको छ ।

बैंकले समिक्षा अवधिमा १ अर्ब ७४ करोड १८ लाख रुपैयाँ खुद व्याज आर्जन गरेको छ । जो यसअघिको भन्दा ६३ करोड ३९ लाख रुपैयाँले बढी हो । यस अवधिमा बैंकले संचालन मुनाफा ६६ करोड ५० लाख रहेको जनाएको छ ।