अब एनआईसी एशियाकाे मोबाइल बैंक एपबाट आइपीओमा आवेदन दिन सकिने

-



     सफल आवाज    
     श्रावण ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ साउन । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुको सुविधाका लागि एनआईसी एशिया मोबैंक एमलाई संचालनमा ल्याएको छ । अब एपबाट कुनैपनि स्थानबाट विभिन्न पक्षमा निष्काशन तथा बिक्रीका लागि खुल्ला गरिने शेयरमा आवेदन दिन सकिने भएको छ ।

बैंकमा खाता भएका, मोबाइल बैंकिङको सेवा लिएका तथा बैंकबाट डिम्याट खाता खाेलेका ग्राहकहरुले ऋणपत्र, आइपीओमा आवेदन पेश गर्न सक्नेछन् । एनआईसी एशिया बैंकले भौतिक रुपमा उपस्थित हुनुपर्ने कहरबाट मुक्त हुनका लागि बैंकसम्म पुग्नै नपर्ने आवश्यक्ता महशुस गरेर एनआईसी एशिया मोबैंक एप संचालनमा ल्याएकाे जनाईएको छ ।

बैंकका ग्राहक तथा शेयर लगानीकर्ताले कुनै पनि स्थानबाट स्मार्ट फोनमार्फत आवेदन पेश गर्नसक्ने भएकोले पहिले गूगल प्ले स्टोरबाट एनआईसी एशिया मोबैंक एपलाई डाउनलोड गर्नुपर्छ । यसकासाथै बैंककाे वेबसाइट www.nicasiabank.com मा गएर पनि आवेदन गर्न सकिने भएको छ ।