नेप्सेमा सामान्य करेक्सन, कारोबारले लगानीकर्तामा उत्साह कायमै

-



     सफल आवाज    
     श्रावण ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ साउन । साताको दोश्रो दिन सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । नेप्से परिसूचक ८.२४ अंकले घटेर ३०५०.४२ विन्दुमा गएर रोकिएको छ । नेप्से ०.२७ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स २.९३ अंकले घटेर ५७१.१० विन्दुमा पुगेको छ ।

कुल २२३ कम्पनीको शेयर कारोबार भएको छ । ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयरको खरिदबिक्रीबाट १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये बैंकिङ, विकास बैंक, अन्य, म्युचुअल फण्ड र लगानी उपसमूहमा रातो लागेको छ । उनीहरुको शेयर घटेको छ ।

व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, माइक्रोफाइनान्स र जीवन बीमा उपसमूहहरुमा हरियाली छाएको छ । उनीहरुको शेयर बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नग्दी ग्रुप पावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३९ करोड ३० लाख ३७ हजार ८३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।