सुनको भाउ बढ्यो, चाँदीमा सामान्य गिरावट

-



     सफल आवाज    
     श्रावण १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ साउन । साताको चौथो दिन बुधबार सुनको भाउ उकालो लागेको छ । चाँदीको भाउ भने सामान्य घटेको छ । सुनमा रुपैयाँ ३०० ले बृद्धि भएको छ भने चाँदीमा १५ रुपैयाँले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोता ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । चाँदी १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।