जीवन विकास लघुवित्तको शेयर कारोबार आजदेखि शुरु

-



     सफल आवाज    
     श्रावण १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ साउन । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएपछि आजबाट दोश्रो बजारमा कारोबार शुरु भएको छ ।

संस्थाको ६० लाख ८४ हजार १०० कित्ता सर्वसाधारण शेयर आइपीओ नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले शुरुको कारोबारका लागि प्रतिशेयर मूल्य न्युनतम ३०५ रुपैयाँ र अधिकतम ९१५ रुपैयाँ ८१ पैसाको रेञ्ज पाएको छ ।

दोश्रो बजारको कारोबारको लागि कम्पनीले जेबिएलबि संकेत पाएको हो । शेयर सूचीकृत भईसकेकोले बिहिबारबाट दोश्रो बजारमा कम्पनीको शेयर कारोबार शुरु भएको हो ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता १०० रुपैयाँ मूल्य अंकित १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता शेयर बिक्रीमा ल्याएको थियो ।

३० हजार ४२० कित्ता शेयर कर्मचारीको लागि छुट्याईएको थियो । ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ ।