साउने १५ मै आकाशियो सुनचाँदीको भाउ, तोलाको कति पुग्याे ?

-



     सफल आवाज    
     श्रावण १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ साउन । साताको छैटौं दिन शुक्रबार सुनचाँदीको कारोबार हुने अन्तिम दिन हो । आजै साउन १५ पनि परेको छ । यस दिनमा नेपालीले खिर चलन छ ।

यस दिनलाई खिर खाने दिवसको रुपमा पनि मनाउने गरिन्छ । आज चेलीबेटीहरु सुहाउँदो सुकिलो पोशाकका साथमा गच्छे अनुसारका गरगहना पहिरीएर आफन्तकोमा हिंडेका छन् भने विवाहित चेलीहरु माईतीमा खिर खान गएका छन् ।

संयोगले खिर खाने पर्वकै दिनमा सुनचाँदीको भाउ झन् आकाशिएको छ । सुनमा ५०० रुपैयाँले बृद्धि भएको छ भने चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन रुपैयाँ ५०० ले बढेर प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा १५ रुपैयाँले बृद्धि भई प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको छ । बुधकार चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।