
तनहुँ, १५ साउन । तनहुँमा असार महिनामा मात्रै सङ्घ सरकार मातहतका कार्यालयले विकास बजेटको एक चौथाइ रकम खर्च गरेका छन् । आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजितमध्ये २६.९० प्रतिशत बजेट असारमा मात्रै खर्च भएको हो ।
उक्त आवका लागि विकास बजेटतर्फ ३ अर्ब ४४ करोड ४९ लाख ६७ हजार विनियोजन गरिएकामा असारमा मात्रै ९२ करोड ६६ लाख ८३ हजार खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
सोही अवधिमा चालूतर्फ ११.८२ प्रतिशत बजेट खर्च भएको छ । चालूतर्फ ९ अर्ब ५६ करोड १७ लाख ६४ हजार ९८ विनियोजन गरिएकामा असारमा १ अर्ब १३ करोड एक लाख ४६ हजार ५४७ खर्च भएको कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिए।
यस्तै प्रदेश सरकारतर्फका कार्यालयले असारमा मात्रै ४१.३३ प्रतिशत पूँजीगत बजेट खर्च गरेका छन् । प्रदेश सरकारका तर्फबाट पूँजीगततर्फ २ अर्ब ४० करोड ४८ लाख ४१ हजार विनियोजन गरिएकामा एकै महिनामा ९९ करोड ३८ लाख ३३ हजार खर्च भएको कार्यालयले जनाएको छ । साथै सोही अवधिमा चालूतर्फ २२.७२ प्रतिशत बजेट खर्च भएको छ । चालूतर्फ रु ९० करोड ६१ लाख एक हजार विनियोजन गरिएकामा रु २० करोड ५९ लाख १० हजार खर्च भएको भट्टराईले बताए।
कूल बजेट खर्च ८५.०४ प्रतिशत
उक्त आवमा सङ्घ र प्रदेशतर्फबाट विनियोजितमध्ये ८५.०४ प्रतिशत बजेट खर्च भएको छ । सङ्घतर्फ ८३.१३ र प्रदेशतर्फ ९२.६७ प्रतिशत बजेट खर्च भएको हो ।
गत आर्थिक वर्ष २०७६/७७ मा सङ्घतर्फ ८७.३० प्रतिशत बजेट खर्च भएको थियो भने प्रदेशतर्फ ७५.३१ प्रतिशत बजेट खर्च भएको थियो । गत वर्षभन्दा सङ्घतर्फ ४.२० प्रतिशत बजेट कम खर्च भएको छ भने प्रदेशतर्फ १७.३६ प्रतिशत बजेट बढी खर्च भएको तथ्याङ्कले देखाएको छ ।
सङ्घतर्फ चालूतर्फ ८ अर्ब ७७ करोड ८५लाख ४६ हजार र पूँजीगततर्फ २ अर्ब ३ करोड २० लाख बजेट खर्च भएको छ । प्रदेशतर्फ चालूतर्फ ८० करोड १२ लाख ६३ हजार र पूँजीगततर्फ २ अर्ब २६ करोड ६९ लाख ४२ हजार खर्च भएको कार्यालयले जनाएको छ ।
जिल्लास्थित सरकारी कार्यालयले गत आवभन्दा यस अवधिमा राजस्व सङ्कलन वृद्धि गरेका छन् । सङ्घ र प्रदेशतर्फका कार्यालयले आव २०७७/७८ मा राजस्व सङ्कलन वृद्धि गरेका हुन् ।
यस वर्ष ८ अर्ब ५० करोड २६ लाख राजस्व सङ्कलन भएको छ । जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा ७ अर्ब ३५ करोड दुई लाख राजस्व सङ्कलन भएको थियो ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




