सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको लगातार स्थिर

-



     सफल आवाज    
     श्रावण १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ साउन । साताको दोश्रो दिन सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदीको मूल्य भने लगातार दोश्रो पटक स्थिर रहेको छ ।

छापावाला सुनमा रुपैयाँ १०० ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसअघि आईतबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यसअघि आईतबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।

चाँदी सोमबार पनि स्थिर रहि प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको छ । यसअघि आईतबार र शुक्रबार पनि चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँ नै कारोबार भएको थियो ।