
काठमाडौं, १८ साउन । आईतबार नेप्सेमा सूचीकृत भएको युनियन लाइफ इन्स्योरेन्सको शेयर सोमबारबाट दोश्रो बजारमा कारोबार शुरु भएको छ । कम्पनीको २ करोड १५ लाख कित्ता साधारण शेयर आइपीओ नेप्सेमा सूचीकृत भएको थियाे हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार शुरुआतको कारोबारको लागि प्रतिशेयर कममा ११५ रुपैयाँ १३ पैसा र बढीमा ३४५ रुपैयाँ ३९ पैसासम्मको रेञ्ज दिईएको छ । दोश्रो बजामा कारोबारको लागि कम्पनीले संकेत यूएलआई पाएको छ ।
कम्पनीको २ करोड १५ लाख कित्ता आइपीओ नेप्सेमा सूचीकृत भएपछि सोमबारबाट दोश्रो बजारमा कारोबार शुर गरिएको हो ।
कम्पनीले यसअघि असार २४ गते प्रतिकित्ता १०० रुपैयाँ दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार शेयर बिक्रीमा ल्याएको थियो ।
कम्पनीले जारी गरेको शेयरमध्ये ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि तथा बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि रहेको थियो ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




