६.०८ अंकले बढ्यो नेप्से, ६ अर्ब १९ करोड बढीको कारोबार

-



     सफल आवाज    
     श्रावण १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ साउन । साताको दोश्रो दिन शेयर बजारको लय सकारात्मक देखिएको छ । तर बजार बन्द हुँदाको समयसम्म सकारात्मक वा नकारात्म्क यात्रामा जाने दुवै संभावना हुन्छ ।

नेप्से परिसूचक ६.०८ अंकले बढेर ३०८७.०९ विन्दुमा पुगेको छ । नेप्से ०.२० प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स ०.५६ अंकले बढेर पाँच सय बहत्तर.७१ विन्दुमा पुगेको छ ।

दिउँसो सवा १ वजे यो समाचार तयार पर्दासम्म कुल २२० कम्पनीको शेयर कारोबार भएको छ । १ करोड २३ लाख ३४ हजार ४४६ कित्ता शेयरको कारोबारबाट ६ अर्ब १९ करोड ६५ लाख ९१ हजार १०३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये ६ वटा उपसमूहमा हरियो लागेको छ । बाँकी रहेका ७ उपसमूहमा रातो लागेको छ ।