किन दिए गणपति लघुवित्तका ३३ शाखा प्रबन्धकले सामूहिक राजीनामा ?

-



     आरजू विष्ट सल्यानी    
     श्रावण १८ गते २०७८ मा प्रकाशित



काठमडौं, १८ साउन । गणपति लघुवित्त वित्तीय संस्थाका ३३ वटा शाखाका प्रबन्धकहरुले सेवा सुविधामा कुनैपनि ध्यान नदिएको जनाउँदै सामूहिक राजिनामा दिएका छन् । संस्थाका ३६ उपशाखामध्ये ३३ वटा उपशाखाका प्रबन्धकहरुले राजिनामा दिएका हुन ।

राष्ट्रिय स्तरको कर्यक्षेत्र भएको वित्तीय संस्था स्थापना भएको ५ वर्ष पुग्ने क्रममा रहेको छ । स्थापनाकाल देखि संस्थामा रहि आजको अवस्थासम्म आउन कर्मचारीहरको योगदान रहेको छ । हाल १८ जिल्लामा ३६ शाखामार्फत कार्यक्रम बिस्तार गरिएको छ । संस्थाको भविष्य उज्यालो बनाउन सकिन्छ भन्ने विश्वासका साथ कठिन अवस्थाहरुमा पनि संस्थाका लागि खटियौं, जारि सामूहिक राजनामा पत्रमा उल्लेख छ ।

हामी शाखा प्रबन्धकहरुलाई आज यो पत्र लेख्नु पर्दा दुःख लागेको छ । संस्था आफैंमा सफल वा असफल हुँदैन, राम्रो वा नराम्रो हुँदैन । यसको बाहक भनेका कर्मचारी हुन भन्ने कुरा यहाँहरुलाई विदितै छ । संस्थालाई सफलताको विन्दुमा ल्याईपुर्याउन तल्लो तहमा काम गर्ने फिल्ड कर्मचारी, शाखा प्रबन्धक र माथिल्लो निकायका अग्रजहरुको भूमिका महत्वपूर्ण रहेको छ ।

शाखा तहमा हामीलाई आर्थिक वर्ष २०७८, २०७९ को बजेट तथा कार्यक्रम तयार गर्दै गर्दा हामीमा उत्साह थियो । कार्यक्रम पास भएर साउन ११ गते प्राप्त भयो । बजेटमा रहेका कार्यक्रम संचालन बिस्तारका बारेमा पूर्ण सकारात्मक हुँदाहुँदै कर्मचारीको सुविधाका सम्बन्धमा बजेटले केहि पनि नबोलेकोले उत्साहमा ह्रास आएको जनाईएको छ ।

आर्थिक वर्ष २०७७, २०७८ को प्रारम्भदेखि नै विभिन्न गोष्ठी, छलफल, समिक्षा, तालिम तथा सेमिनारको समयमा विभागिय प्रमुख तथा संचालक समितिको निर्णय बमोजिम दुई दुई वर्षमा कर्मचारीको सेवा सुविधा, तलव भत्ता बृद्धि हुन्छ भनेर पटक पटक आश्वासन दिएको भएपनि अहिले कुनै निर्णय कार्यान्वयन गर्न नसकेकोले सामूहिक राजिनामा दिन वाध्य भएको जनाईएको छ ।