३१११.०९ विन्दुमा पुग्दै नेप्सेले रच्यो नयाँ कीर्तिमान, कतिको भयो कारोबार ?

-



     सफल आवाज    
     श्रावण १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ साउन । साताको तेश्रो दिन मंगलबार पुनः शेयर बजारमा नयाँ कीर्तिमान कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेले यसअघिको आफ्नै रेकर्डलाई ब्रेक गर्दै अहिलेसम्मकै उच्च विन्दुमा पुग्न सफल भएको हो । नेप्सेको यो रेकर्डले गर्दा लगानीकर्ताहरुमा उमंग छाएको छ भने उनीहरुको मनोवल पनि बढेको छ ।

नेप्से परिसूचक ३१११.०९ विन्दुमा पुगेको छ । यसअघि नेप्सेमा ३०९४.९४ विन्दुको उच्च रेकर्ड बनेको थियो । बजार बन्द हुँदाको समयसम्म आउँदा नेप्सेले उच्च रेकर्ड बनाएपछि शयर बजार गतिशिल हुने अपेक्षा गरिएको छ ।

नेप्से परिसूचक २६.०२ अंकले बढेर ३१११.०९ विन्दुमा पुगेको छ । नेप्से ०.८४ प्रतिशतले बढ्दा सेन्सेटिक इण्डेक्स ५.०६ अंकले बढेर ५७७.५२ विन्दुमा पुगेको छ ।

कुल २२३ कम्पनीहरुको शेयर कारोकार भएको छ । २ करोड ११ लाख २९ हजार ८८ कित्ता शेयरको खरिदबिक्रीबाट ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैया बराबरको कारोबार भएको छ ।

दुई कम्पनीको शेयरमूल्यका सकारात्मक सर्किट लागेको छ । उनीहरुमा पाँचथर पावर तथा रुरु जलविद्युत रहेका छन् । यसदिन जलविद्युत कम्पनीहरुमा शेयर लगानीकर्ताहरु झुम्मिएका छन् ।

यसदिन दुई उपसमूहमा रातो लागेको छ । उनीहरुको शेयर घटेको छ । बाँकी रहेका ११ उपसमूहमा हरियाली छाएको छ । उनीहरुको शेयर बढेको छ । लघुवित्त तथा जलविद्युत कम्पनीहरुमा शेयर लगानीकर्ताहरु झुम्मिएका छन् । माइक्रोफाइनान्स उपसमूहतर्फको सूचक सबैभन्दा बढी ३.८५ प्रतिशत र हाइड्रोपावर उपसमूहतर्फ २.०४ प्रतिशतले बढेको छ ।

यो समयमा माैद्रिक नीति ल्याउने तयारी पनि गरिएको छ । शेयर बजारका लागि माैद्रिक नीति मैत्रीपूर्ण हुने अपेक्षा गरिएको छ ।