
काठमाडौं, २० साउन । पछिल्लो समयमा आइपीओप्रति लगानीकर्ताहरुको आकर्षण बढेको देखिन्छ । यो संख्या अहिले करबि २१ लाख पुगेको छ ।
कुनै पनि आइपीओ खुलाउनु अघि नै चियोचर्चाे गर्ने लगानीकर्ताहरु खुलेपछि ह्वात्तै लगानीका लागि झुम्मिने गरेका छन् । जसको कारण मागभन्दा कयौं गुणा आवेदन पर्ने र कतिको हात रित्तै हुने अवस्था पनि कायम रहेको छ ।
यसैमा लगानीकर्ताहरु भन्छन्, भाग्यमा भए शेयर पर्छ । पछिल्ला दिनहरुमा शेयर पर्नेहरुको हकमा साधारण शेयर कम्तिमा पनि १० कित्ता पर्ने गरेको छ ।
यसैबीच सानिमा लाइफ इन्स्योरन्सले आजदेखि साधारण शेयर निष्काशन तथा बिक्रीका लागि खुल्ला गरेको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन गरेको हो । जो चुक्ता पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशत हो ।
उक्त आइपीओमध्ये ३ लाख कित्ता शेयर कर्मचारीका लागि रहेको छ भने ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याईएको छ । त्यसबाट बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ ।
लगानीकर्ताहरुले छिटोमा साउन २४ गतेसम्म र ढीलोमा भदौ २ गतेसम्म आवेदन दिन पाउने भएका छन् । लगानीकर्ताहरुले घटिमा १० कित्ता र बढीमा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदनका लागि सि-आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरु र मेरो एपबाट पनि आवेदन दिन सकिने भएको छ ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन तथा बिक्रीपछि चुक्ता पूँजी २ अर्ब नाघ्ने भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ भने प्रत्याभूतकर्ता सिद्धार्थ क्यापिटल रहेको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




