प्रि-ओपन सेसनः नेप्से परिसूचक १६ अंकले बढ्यो

-



     सफल आवाज    
     श्रावण २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० साउन । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार प्रि-ओनिङ सेसनमा नेप्से परिसूचक १६ अंकले बढेको छ । सूचकांकहरु अधिकांशले सकारात्मक लय पकडेका छन् ।

नेप्से परिसूचक १६.२० अंकले बृद्धि भएको छ । यसरी बढेको नेप्से ३१२७.२९ विन्दुमा उक्लेको छ । नेप्सेमा ०.५२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स भने १.६२ अंकले बढेर ५७९.१४ विन्दुमा पुगेको छ ।

अघिल्लो दिन मंगलबार नेप्से २६.०२ अंकले बढेर ३१११.०९ विन्दुमा पुगेको थियो । आज प्रिओपनमै नेप्से १६.२० अंकले बृद्धि भएर ३१२७.२९ पुगेको छ ।

२०३ कम्पनीको शेयर कारोबार हुँदा ३० लाख ४८ हजार ६३१ कित्ता शेयरको खरिदबिक्री भएको छ । यो समाचार तयार पार्दा ११.३० बजेको समयसम्म २ अर्ब ६ करोड ३१ लाख ३४ हजार १०५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

तीन उपसमूहमा रातो लाग्दा बाँकी १० उपसमूहमा हरियाली छाएको छ । आज हाइड्रोपावरमा लगानीकर्ताहरुको आकर्षण बढेको पाईएको छ ।