एनएमबिमा २४ घन्टामै अनलाइन खाता खोलेर सानिमा लाइफको आइपीओमा आवेदन दिन सकिने

-



     सफल आवाज    
     श्रावण २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० साउन । एनएमबि बैंकले सानिमा लाईफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिनका लागि अनलाइन सुविधा ल्याएको जानकारी दिएको छ ।

बैंकले ग्राहकलाई आफनो र परिवारका सदस्यहरुको डिम्याट खाता र मेरो शेयर खाता एनएमबि बैंकका शाखा कार्यालयबाट २४ घन्टामै खोली अनलाइन मार्फत आवेदन दिन सक्ने जनाएको हाे ।

डिम्याट, मेरो शेयर र सिआरएन सम्बन्धी जानकारीका लागि एनएमबि बैंकको नजिकको शाखामा सम्पर्क गन अनुरोध गरेको छ । साथै कल सेन्टर नंबर ०१-५९७००१५०/१५१ मा सम्पर्क गर्न वा call@nmb.com.np मा इमेल गर्न सकिने बैंकले जनाएको छ ।