बिहिबार सुनको भाउ स्थिर, चाँदीको घट्यो

-



     सफल आवाज    
     श्रावण २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ साउन । साताको पाँचौ दिन बिहिबार नेपाली बजारमा छापावाला सुनको भाउ स्थिर रहि बुधबारकै भाउमै कारोबार भएको छ । चाँदीमा भने सामान्य गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन स्थिर रहि प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीमा भने १० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।