ग्लोबल आइएमई बैंकले ल्यायो काठमाडौं उपत्यका र धादिङमा गरी ७ वटा शाखा संचालनमा

-



     सफल आवाज    
     श्रावण २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ साउन । ग्लोबल आइएमई बैंकले एकैदिन ७ वटा नयाँ शाखा संचालनमा ल्याएको जनाएको छ । बैंकले काठमाडौं महानगरमा ३, ललितपुरमा २, भक्तपुरमा १ र धादिङमा १ गरी सात वटा शाखा संचालनमा ल्याएको हो ।

काठमाडौं महानगरपालिकाको सीतापाईला, बालाजु र अशनमा गरी ३ वटा शाखा संचालनमा ल्याएको छ । ललितपुर जिल्लाको ललितपुर महानगरपालिकाको धोबीघाट र भैंसेपाटी गरी २ शाखा संचालनमा ल्याएको छ ।

यस्तै बैंकले भक्तपुरको ठिमी नगरपालिकास्थित गठ्ठाघरमा एक शाखा र धादिङ जिल्लाको निलकण्ठ नगरपालिकाको धादिङवेशी बजारमा १ शाखासहित ७ वटा शाखा संचालनमा ल्याएको हो ।

ग्लोबल आइएआई बैंकले पछिल्लो पटक बुधबार संचालनमा ल्याएका ७ सहित शाखा कार्यालयहरुको संख्या २८० पुगेको जनाएको छ । बैंकले सबै स्थानमा बैंकको सुविधा पुर्याउने लक्ष्य अनुसार ७६ जिल्लामा पुगिसकेको बताएको छ ।

बैंकले हालसम्म २४८ वटा एटिएम, ४७ वटा एक्सटेन्सन काउन्टर, २५७ वटा शाखारहित बैंकिङ सेवा तथा तीनवटा अन्तराष्ट्रिय सम्पर्क कार्यालयबाट २३ लाख ग्राहकलाई सेवा दिदैं आएको छ ।