क्युआर कोडसहितको विद्युतीय प्रमाणपत्र दिन शुरु, कसरी लिने सेवा ?

-



     सफल आवाज    
     श्रावण २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ साउन । सरकारले बिहिबारदेखि विद्युतीय खोप प्रमाणपत्र दिन थालेको छ । क्युआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्र दिन शुरु भएपछि प्रमाणिकरणको लागि काठमाडौं धाउनु पर्ने वाध्यता टरेको छ ।

क्युआर कोडसहितको विद्युतीय खोपको प्रमाणपत्र लिनका लागि स्वास्थ्य मन्त्रालयले निर्दिष्ट गरेको विवरणहरु अनलाइनबाट भर्न र माग गरिएका कगजपत्र अपलोड गर्न सकिने भएको छ ।

मन्त्रालयका अनुसार अनलाइनबाट रजिष्ट्रेशन गर्न अफ्ठेरो हुनेका लागि बिहिबारदेखि राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा गएर फाराम भर्न सकिने भएको छ ।

फाराम भर्नका लागि आवेदकले राहदानी, खोपको सक्कली कार्ड, पासपोर्ट साईजको फोटो, राहदानीको छाँया कापी, खोप कार्डको छाँया कापी, तथा कबुलियतनामा लगायतका कागजात चाहिने मन्त्रालयले बताएको छ ।