१६.०० अंकले घट्यो नेप्से, विकास बैंकतिर लागे लगानीकर्ता

-



     सफल आवाज    
     श्रावण २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ साउन । साताको शेयर कारोबार हुने अन्तिम दिन बिहिबार प्रि ओपन सेसनमा शेयर बजार उकालो लागेको भएपनि बजार बन्द हुँदाको अवश्थामा आउँदा भने ओरालो लागेको छ । छिनछिनमा सकारात्मक हुने र नकारात्मक दिशा जाने गरेको दृश्यले लगानीकर्ताहरुलाई अलमलमा पार्यो ।

बैंकिङ तथा विकास बैंक उपसमूह मात्रै हरियो जोनमा परेका छन् । बाँकी रहेका ११ वटा उपसमूहहरु राताम्मै भएका छन् । सबैको शेयर घटेको छ । कारोबार रकममा भने सन्तोष गर्ने ठाउँ रहेको छ ।

नेप्से परिसूचक १६.०० अंकले घटेर ३१०७.४५ विन्दुमा पुगेको छ । नेप्से ०.५१ प्रतिशतले बट्दा सेन्सेटिभ इण्डेक्स भने झिनो ०.६४ अंकले बढेर ५७९.०० विन्दुमा पुगेको छ ।

कुल २२६ कम्पनीको शेयर कारोबार भएको छ । २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता शेयरको खरिदबिक्रीबाट १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंकिङ उपसमूहतर्फ सामान्य तवरले बढेको छ । यो उपसमूहको ०.०१ प्रतिशतले बढेको छ । विकास बैंक उपसमूहमा भने लगानीकर्ताहरु केहि झुम्मिएका छन् । यो उपसमूहतर्फ २.२१ प्रतिशतले बृद्धि भएको छ ।

अन्य ११ उपसमूह राताम्मै भएका छन् । उनीहरको शेयर घटेको छ । व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूह राताम्मै भएका हुन । यी सबैको शेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडको ६४ करोड ६५ लाख ८७ हजार ७७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।