ग्लोबल आइएमई लघुवित्तमा नयाँ संचालक नियुक्त

-



     सफल आवाज    
     श्रावण २२ गते २०७८ मा प्रकाशित



पोखरा, २२ श्रावण । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले नयाँ सञ्चालक नियुक्त गरेको छ । संस्थाको मिति २०७८ श्रावण २१ गते बसेको सञ्चालक समितिको १४० औं बैठकले ग्लोबल आइएमई बैंक लिमिटेडको प्रतिनिधि सञ्चालकको रुपमा श्री अनामिका कुँवरलाई नियुक्त गरेको हो ।

पोखरा–२६, विजयपुर, कास्कीमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्थाको हाल ५२ जिल्लामा १०८ वटा शाखा संचालनमा रहेको, लगानीमा रहिरहेको कर्जा ६ अर्ब ३७ करोड ११ लाख रहेको, निक्षेप संकलन २ अर्ब ५ करोड ७२ लाख रुपैयाँ रहेको र १,२६,९९४ सदस्यलाई वित्तीय सेवा प्रदान गरिरहेको संस्थाले बताएकाे छ ।