ह्वात्तै घट्यो शुक्रबार सुनचाँदीको भाउ, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     श्रावण २२ गते २०७८ मा प्रकाशित



काठमाडौं २२ साउन । साताको सुनको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । सुनमा रुपैयाँ ५०० ले तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य रुपैयाँ ५०० ले घटेर प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा १० रुपैयाँले गिरावट भई प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको छ । बिहिबार चाँदी प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।