एचआइडिसीएलको हकप्रद शेयरमा थपियो आवेदन दिने म्याद

-



     सफल आवाज    
     श्रावण २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ साउन । जलविद्युत लगानी तथा विकास कम्पनी एचआइडिसीएलले साउन ५ गतेदेखि बिक्रीमा ल्याएको ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयरको लागि आवेदन दिने म्याद भदौ ८ गतेसम्म थपिएको छ । कम्पनीको शतप्रतिशत हकप्रद शेयरमा उक्त मितिसम्म आवेदन दिन पाईने भएको हो ।

कम्पनीले १०० रुपैयाँ मूल्य दरमा ११ करोड कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा ११ अर्ब रुपैया बराबरको जारी गरेको हो । यसका लागि कम्पनीले जेठ २८ मा बुक क्लोज गरेको थियो । जेठ २७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज नेप्सेमा करोबार गरी कायम रहेका शेयरधनीहरुले मात्रै हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयरका लागि ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंक र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने भएको छ । नेपाल धितोपत्र बोर्डबाट सि-आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था र मेरो शेयर एपबाट पनि आवेदन दिन सकिने छ ।

कम्पनीको १६ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा १ अर्ब ५७ करोड राखेको छ । हकप्रद शेयर निष्काशन तथा बिक्रीपछि चुक्ता पूँजी २२ अर्ब पुग्ने भएको छ ।

हकप्रद शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।